वि.सं. २०८२ असार १७, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट अधिवेशनको पहिलो बैठक : LIVE

अर्थलगानी
२०८१ बैशाख २८, शुक्रबार

काठमाडौं ।प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरू भएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ।

संसदीय समिति गठन नगरे सदन चल्न नदिने चेतावनी कांग्रेसले दिँदै आएको छ।

सभामुख देवराज घिमिरेले दलहरूसँग गरिएको छलफलअनुसार नै कार्यसूची तय गरिएको र त्यसअनुसार अघि बढ्ने बताएका छन्।

सभामुखले बैठक अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले उठेर विरोधसमेत जनाएका छन्। सभामुख घिमिरेले ‘निश्चित ठाउँमा’ पुगेपछि बोल्न समय दिने पनि बताएका छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी