काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य वृद्धि भएको छ। कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गत वर्ष भन्दा ३.२५ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको तेस्रो त्रैमासमा १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएको इन्स्योरेन्सले यो वर्षको सोही अधिमा १३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको हो। त्यस्तै कम्पनीको मुनाफासहित बीमा कोषको आकार पनि २५ प्रतिशतले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बढेको छ । यस अवधिमा कम्पनीको यस्तो आर्जन गत आर्थिक वर्षको तुलनामा ८.४९ प्रतिशतले वृद्धि भई १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको उक्त आर्जन १ अर्ब ६० करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसियल रिजर्भमा १ अर्ब ३१ करोड रुपैयाँ र रिटेण्ड अर्निङ्गमा १५ करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ । यस अवधिमा कम्पनीको खुद बीमा दावी वापत २६ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको छ । साथ, कम्पनीको खुद बीमा शुल्क आर्जन पनि १ दशमलव ४० प्रतिशतले सामान्य रुपले वृद्धि भएर ५० करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.४९ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले १ लाख ४८ हजार ३०८ वटा बीमा पोलिसी जारी गरेको छ ।
प्रतिक्रिया