वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रृजनशील लघुवित्त नाफामा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थलगानी
२०८१ बैशाख ३०, आईतवार

काठमाण्डौँ। श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि २०.७३ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म संस्थाले ७ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको कुल सञ्चालन आम्दानी १४ करोड २७ लाख र सञ्चालन मुनाफा ३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९० लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ७ करोड ३० लाख रुपैयाँ छ । संस्थाको रिजर्भमा १० करोड ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

तेस्रो त्रैमाससम्ममा ८३ करोड ३९ लाख रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

संस्था खराब कर्जा अनुपात घटाउन सफल छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०।२२ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ७.३६ प्रतिशतमा झरेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ७० लाख रुपैयाँ छुट्टाएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । संस्थाको ईपीएस ७.०७ रुपैयाँबाट बढेर २९.७३ रुपैयाँ कायम भएको छ ।

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २६२.६७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५७४.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.६१ गुणा र तरलता अनुपात १८.०५ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी