वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा २४.३९ अंकको बृद्धि हुँदा १४८ कम्पनीको शेयर मूल्य बढ्यो

अर्थलगानी
२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ। आज सोमबार सेयर बजार २४.३९ अंकले बढेको छ । शेयर बजार २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा आएर बन्द भएको हो ।

आज ३२० कम्पनीको ४५ हजार ८२८ पटक भएको कारोबारमा ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको स्थिर रहेको छ ।

आज ४ स्टक कम्पनिको मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज नारायणी डेभलपमेन्ट बैंक, समाज लघुवित्त, माण्डु हाइड्रोपावर र श्रृजनशील लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, आज गुराँस लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सिवाईसि लघुवित्तको शेयरमूल्य आज सर्वाधिक ५.६५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३० करोड ८० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी