वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीका संस्थापक शेयरधनीहरु प्रभु बैंकको नाममा रहेको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको १ लाख ४१ हजार ३२५ कित्ता, विनिता उपाध्यायको १ लाख कित्ता, यादवेन्द्र गौतमको १ लाख ९ हजार ८०० कित्ता र प्रजितराज पराजुलीको ३७ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ ।

काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सकिनेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी