काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ को विन्दुमा बन्द भएको छ ।
सामान्य बढेको बजारमा आज १०३ कम्पनीको शेयरभाउ बढेको छ। आज १३९ कम्पनीको शेयरभाउ घट्दा ३ वटाको स्थिर रहेको छ।
बजारमा आज ३१५ कम्पनीका ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँमा किनबेच भएको छ। कारोबार हिजोका तुलनामा आज बढेको छ। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च कारोबार भएका कम्पनीहरु :
सीईडीबी हाइड्रोपावरः ४३ करोड ९० लाख रुपैयाँ
पोखरा फाइनान्सः ११ करोड ८७ लाख रुपैयाँ
पिपुल्स पावरः ७ करोड ७२ लाख रुपैयाँ
हिमालयन लघुवित्तः ७ करोड २८ लाख रुपैयाँ
जीवन विकास लघुवित्तः ७ करोड १३ लाख रुपैयाँ
नेपाल फाइनान्सः ६ करोड १९ लाख रुपैयाँ
माण्डु हाइड्रोपावरः ६ करोड १३ लाख रुपैयाँ
उन्नति सहकार्य लघुवित्तः ६ करोड ११ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः ५ करोड ७१ लाख रुपैयाँ
एक्सेल डेभलपमेन्ट बैंकः ५ करोड ६३ लाख रुपैयाँ
प्रतिक्रिया