काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखिएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको
सूर्योदय वोमी लघुवित्तको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य २९४ रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले आगामी जेठ १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।
प्रतिक्रिया