वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ। सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (जेठ ७ गते) देखि ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी–४ ललितपुर र सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी