काठमाडौँ। प्रभु बैंक लिमिटेडले साढे ६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ। बैंकका केही शेयरधनिहरुले आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न लागेका हुन्। उक्त शेयर खरिदका लागि इच्छुक विद्यमान शेयरधनिहरुले आवेदन दिन सक्ने बैंकद्धारा जारी सूचनामा उल्लेख छ।
उक्त शेयर खरिद गर्न हाल कायम शेयरधनिले १५ दिन भित्र आवेदन दिन सक्नेछन्। बैंकले यसअघि राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेकोमा शेयर बिक्रि नभएपछि यो पटक १५ दिने सूचना जारी गरिएको जनाईएको छ।
प्रभु बैंकका सात जनाले ६ लाख ५६ हजार २३४ कित्ता शेयर बिक्रि गर्न बैंकमा निवेदन दिएका थिए। उक्त शेयर बैंकले निर्णय गरि बिक्रिमा ल्याएको हो।
प्रतिक्रिया