वि.सं. २०८२ असार १०, मंगलवार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थलगानी
२०८१ जेष्ठ ९, बुधबार

काठमाडौँ। कुमारी बैंक लिमिटेडले ७ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बैंकको सुचना अनुसार इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनें बैंकले जनाएको छ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी