काठमाडौँ। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार २३.९४ अंक बढेर २११५.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७९ अंक बढेर २११६.७३ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको ९६ पटकको कारोबारमा २४ लाख ४३ हजार ७५३ रुपैयाँ ५० पैसाबराबरको ४ हजार १३९ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया