काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियालाई पक्राउ गरेकोप्रति नीजि क्षेत्रका तीन छाता संगठनले आपत्ति जनाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफकमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरीकै आधारमा व्यावसायी पक्राउ गर्न नहुने मागसहित आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘कानुन विपरीत काम गरेको प्रमाणित भएमाजोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।’
विगत देखि नै नीजि क्षेत्रले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको जनाउँदै थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्नुपर्ने उनीहरको माग रहेको छ।
प्रतिक्रिया