वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडित प्रदर्शनमा

अर्थलगानी
२०८१ जेष्ठ ११, शुक्रबार

काठमाडौं । सरकारले पटक पटक सहकारी पिडितको माग पुरा गर्ने सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् ।सहकारी बचत कर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका नेतृत्वमा शुक्रबार देशभरिका सहकारी पीडित काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन्न ।

यस अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरकार र आन्दोलनरत सहकारी पीडित बीच २०८०÷१२÷०८ गते ८ बुँदे सहमति भएको थियो ।उक्त सहमतिसँगै आन्दोलनरत पीडितहरूले तत्कालका लागि आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका र्थिए ।

सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने समेत उनले जनाए ।

माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

विभिन्न सहकारीबाट पीडित भएको सहकारीका बचकर्ताले सहकारीका अध्यक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको माग सहित आन्दोलनमा सहभागी भएका छन् ।

यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचकर्ताले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी