वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक २३.८१ अंकले घट्दा ४ अर्ब भन्दा बढिको कारोबार

अर्थलगानी
२०८१ जेष्ठ १६, बुधबार

काठमाडौँ। बजेट पछिको पहिलो कारोबार दिन सेयर बजार २३.८१ अंकले घटेको छ। शेयर बजार २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१४ कम्पनीको ६३ हजार ८० पटक भएको कारोबारमा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको सेयर मूल्य घटेको छ ।

अजा ४ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक ९.४१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको कारोबार रकम १४ करोड नाघेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी