वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संविधानको मर्म अनुसार सहकारीले पहिलोपटक बजेटमा स्थान पायोः चन्द्र ढकाल

अर्थलगानी
२०८१ जेष्ठ १६, बुधबार

काठमाडौँ। नेपाल बचत तथा ऋण सहकारी संघ–नेफ्सकुनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संविधानको मर्मअनुसार सहकारीलाई पहिलोपटक बजेटमा स्थान दिएको बताएका छन्। अध्यक्ष ढकालले अहिले सहकारीमा देखिएका समस्याहरु समाधान गर्ने सवालमा सरकारले बजेटमार्फत अहिलेसम्मकै बढी सम्बोधन गर्न खोजेको बताएका हुन्।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्‍चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख सम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइनेछ’ भनेका छन्।

यहाँनेर बचतकर्ताको बचत र्फिता हुनुका साथै बचतकर्ताको बचत लिएर मनलाग्दी प्रयोग गर्ने र बचत फिर्ता नगरी भाग्ने सञ्चालक कानूनी दायरामा ल्याउने विषय बजेटले समेट्नु ठुलो उपलब्धि गरको ढकालको भनाई छ। हाल करिब ५ सय सहकारीका बचतकर्ताको साढे ३ खर्ब बढी बचत अपचलन भएको भनिएको छ।

सहकारीलाई डिजिटल पद्धतिमा लैजाने, सहकारीलाई नीति तथा सिद्धान्त अनुरुप अगाडी बढाउन गरिएको सम्बोधन तथा नियमनका लागि नियामकिय संयन्त्र बनाउने लगायतका विषयहरु बजेटमा आउनाले यसलाई विशेष प्राथमिकता दिईएको अध्यक्ष ढकाललको भनाई छ।

त्यस्तै नीति र सिद्धान्तमा सहकारी सञ्चालन गर्न ऐन संशोधन गर्नुेपर्ने बजेटमा उल्लेख भएको छ। त्यस्तै आगामी आवको बजेटबाट अर्थमन्त्री पुनले बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गर्ने नीति लिने घोषणा गरेका छन् । बजेटमा सहकारीका विषयहरु जति आए त्यी सबै पुर्ण रुपमा प्रयाप्त नभएपनि धेरै सम्बोधन भएको ढकालको बुझाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी