वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते समाप्त हुने

अर्थलगानी
२०८१ जेष्ठ १७, बिहीबार

काठमाण्डौँ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि समाप्त हुने भएको छ । कम्पनीको कुल ९१ लाख कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त हुन लागेको हो ।

कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि सकिन लागेको हो ।

कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल ९१ लाख ६३ हजार १२८.५२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले आम सर्वसाधारण र कर्मचारीका लागि २०७८ असार ११ गतेदेखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ सोही वर्षको असार २३ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।

संस्थाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको मिति आगामी असार २२ गते समाप्त हुन लागेकाले उक्त अवधिभर लक इनमा रहेका संस्थापक तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी