वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसूचक ५.५८ अंकले घट्यो, कारोबार रकम कति ?

अर्थलगानी
२०८१ जेष्ठ २३, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ५.५८ अंकले घटेको छ। सेयर बजार ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा आएर बन्द भएको हो ।

आज ३०६ कम्पनीको ४९ हजार ७३३ पटक भएको कारोबारमा ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ८३ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।

नेप्से घटेपनि आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य आज ९० रुपैयाँ ४० पैसा बढेर ९९४ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै, आज मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माइ खोला हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य आज सर्वाधिक ५.५१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १९ करोडबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब साढे १८ करोडको शेयर खरिदबिक्री भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब १७ करोडको शेयर किनबेच भएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी