काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.९३ अंकले घटेको छ। सेयर बजार १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा आएर बन्द भएको हो ।
आज ३२२ कम्पनीको ५९ हजार ६५० पटक भएको कारोबारमा ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।
आज तीन स्टकको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज इमर्जिङ्ग नेपाल, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १४ करोडको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ।
प्रतिक्रिया