वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज कुन कुन कम्पनीको भयो उच्च कारोबार

अर्थलगानी
२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ को विन्दुमा बन्द भएको हो।

घटेको बजारमा आज १०१ कम्पनीको शेयरभाउ बढेको छ भने १३५ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज शेयर बजारमा ३२२ कम्पनीका ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनीहरु :

  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ६८ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १४ करोड १३ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः १० करोड २६ लाख रुपैयाँ
  • सुपर मादी हाइड्रोपावरः ८ करोड ९६ लाख रुपैयाँ
  • स्वावलम्बन लघुवित्तः ७ करोड ८७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ७८ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ७ करोड ३४ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड ९३ लाख रुपैयाँ
  • स्वरोजगार लघुवित्तः ६ करोड ८९ लाख रुपैयाँ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी