काठमाडौँ। ग्रामीण विकास लघुवित्तले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। लघुवित्तले असार १५ गते आफ्नै प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे सभा सुरु गर्न लागेको जनाएको हो।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश भने नदिने जनाएको छ ।
प्रतिक्रिया