काठमाडौँ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असार १५ गते बुटवलमा रहेको संस्थाको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने वा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साथै, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एंव परिवर्तन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया