काठमाडौँ। साताको पहिलो कारोबारको दिन सेयर बजार ४.५९ अंकले घटेको छ। सेयर बजार ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१३ कम्पनीको ६९ हजार २१९ पटक भएको कारोबारमा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ९७ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।
आज ५ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज इष्टर्न हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। आज बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, आज सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सिटि होटलको करिब १४ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया