काठमाडौँ । स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ पक्राउ परेका छन्। सहकारीको करिब साढे ७ करोड रकम अपचलन गरेको आरोपमा अध्यक्ष बासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँ पक्राउ परेका हुन।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरूले ७ करोड ४० लाख ८७ हजार रकम अपचलन गरेका छन्। आरोपीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता नगरि सहकारी नै बन्द गरेको आरोपमा मुद्धा परेको थियो।
प्रतिक्रिया