वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुमारी बैंकको ४५.५७ लाख कित्ता संस्थापक शेयर लिलामीमा

अर्थलगानी
२०८१ जेष्ठ २८, सोमबार

काठमाडौँ। कुमारी बैंक लिमिटेडले ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो ।

उक्त लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ। आवेदकले बोलपत्र आवेदन पेश गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा आवेदन दिनु पर्नेछ । आवेदन दिने अन्तिम मिति असार ३ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी