काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लकइन अवधि समाप्त हुन लागेको छ। कम्पनीले सार्वजनीक निष्काशन गर्दा सामुहिक लगानी कोषको लागि छुट्टाएको १५ लाख कित्ता सेयरको लकइन अवधि असार १० गते सकिन लागेको हो।
कम्पनीको कुल जारी पूजी १० अर्बको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणहरुमा गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी पुस ११ गते बाँडफाँड गरेको थियो। उक्त सार्वजीक निष्काशनबाट सामुहिक कोषको लागि बाँडफाँड गरिएको १५ लाख कित्ता नियमअनुसार ६ महिनासम्म लकइनमा राख्नुपर्ने हुन्छ। तसर्थ, आगामी १० गते उक्त ६ महिना समय अवधि सकिन लागेको हो।
प्रतिक्रिया