वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लघुवित्तको ७.५ प्रतिशत बोनस शेयर वितरण

अर्थलगानी
२०८१ जेष्ठ २९, मंगलवार

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत्र १६ गते सम्पन्न दशौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो ।

धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस शेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । फागुन २९ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न कम्पनीले भनेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी