काठमाडौँ। मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक बढेको छ।
अघिल्लो कारोबारको दिन ८.९० अंक बढेर २०८२.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १७.६८ अंक बढेर २०९९.७७ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८२ स्टकको ११३ पटकको कारोबारमा २१ लाख २० हजार १२९ रुपैयाँबराबरको ४ हजार १९२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ६२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया