काठमाडौँ। आज मंगलबार सेयर बजार ३३.१५ अंकले बढेको छ । शेयर बजार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा आएर बन्द भएको हो ।
आज ३११ कम्पनीको ७४ हजार ८७७ पटक भएको कारोबारमा १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २०३ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको स्थिर रहेको छ ।
आज ४ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लोको हो। त्यस्तै, आज अप्पर हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य आज सर्वाधिक ५.८१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज माउन्टेन इनर्जीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड नाघेको छ।
प्रतिक्रिया