वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचकमा ६.३७ अंकको बृद्धि हुँदा ११९ कम्पनीको सेयर भाउ बढ्यो

अर्थलगानी
२०८१ जेष्ठ ३०, बुधबार

काठमाडौँ। आज बुधबार सेयर बजार ६.३७ अंकले बढेको छ । शेयर बजार ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा आएर बन्द भएको हो ।

आज ३१२ कम्पनीको ७४ हजार ८५८ पटक भएको कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको स्थिर रहेको छ ।

आज ४ स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज गण्पति माइक्रोफाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य आज साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोडको शेयर खरिदबिक्री भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी