वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किसान र जाल्पा सामुदायिक लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

अर्थलगानी
२०८१ जेष्ठ ३१, बिहीबार

काठमाडौँ। किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेका छन् । नेपाल राष्ट्र बैंकले यी दुवै संस्थालाई मर्जरका लागि जेठ २९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो ।

केन्द्रीय बैंकले दुवै संस्थालाई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्नेगरी स्वीकृति दिएको हो ।

जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने(मर्जर) कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी