काठमाडौँ। साताको अन्तिम कारोबारको दिन सेयर बजार ९.३२ अंकले घटेको छ। सेयर बजार ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा आएर बन्द भएको हो ।
आज ३१३ कम्पनीको ७७ हजार ४०० पटक भएको कारोबारमा १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनिको सेयर मुल्य स्थिर रहेको छ ।
आज तीन स्टक कम्पनिको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज समृद्धि फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको हो। त्यस्तै, आज सप्तकोशी डेभलपमेन्ट बैंक र बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। आज मिड सोलु हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको आज २८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे २० करोडको शेयर किनबेच भएको छ। आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको समृद्धि फाइनान्सको भने साढे १७ करोडको शेयर खरिदबिक्री भएको छ।
प्रतिक्रिया