वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

अर्थलगानी
२०८१ असार ४, मंगलवार

 

काठमाडौं। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।
बैंकले आज मंगलबार देखिआफ्नो स्वामित्वको सूर्यज्योतिको ३ लाख कित्ता सेयर लिलामीमा ल्याएको हो ।
खरीद गर्न इच्छुकले न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सकीने कम्पनिले जनएको छ । यसमा असार ११ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी