वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एलआइसी नेपालको कहिले बस्दैछ साधारण सभा ?

अर्थलगानी
२०८१ असार ६, बिहीबार
काठमाडौं। असार १३ गते लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
यस इन्सुरेन्सले यो पटक लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ । सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी