काठमाडौँ। ग्लोबल आइएमई बैंकलाई ओपेक फण्डले २५ मिलियन डलर ऋण उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले हस्ताक्षर गरे।
ओपेक फण्डबाट प्राप्त ऋण लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने बैंकले जनाएको छ।
लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशत बढी छ। यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरे पनि मझौला उद्यमले लगानी अभाव झेलिरहेका छन्।
ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोत अभावलाई परिपूर्ति गर्न महत्त्वपूर्ण सहयोग गर्ने बैंकका सीईओ वज्राचार्यले बताए। ओपेक फण्डले बैंकिङ, ऊर्जा, कृषि, यातायात, शिक्षालगायत क्षेत्रमा वित्तीय सहयोगको प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया