काठमाडौँ। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लक्ष्मी सन्राइज क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्ति गरेको छ। इन्स्योरेन्सले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटलसँग सम्झौता गरेको हो।
उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा हस्तारक्षर गरेका हुन्।
प्रतिक्रिया