वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गन्तव्य

ग्लोबल कलेज: उत्कृष्ट शिक्षाको गन्तव्य

अर्थलगानी
२०८१ असार १७, सोमबार

काठमाडौँ । सन् २०१९ मा स्थापना भएको ग्लोबल कलेज अफ साइन्सले अत्याधुनिक शिक्षण पद्धतिहरू मार्फत छोटो समयमै मेडिकल, इन्जिनियरिङ, र आईटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ। कक्षा कोठाहरूमा जडान गरिएका स्मार्ट बोर्डले पढ्ने बाताबरणलाई प्रभावकारी बनाएको छ भने विद्यार्थीले हरेक विषयलाई डिजिटल प्रविधिबाट पढ्न पाएका छन् ।

ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। कलेजका अनुसार  यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि नै हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा सञ्चालन हुन्छ। यसले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याएको छ।

गत वर्ष विज्ञान संकायमा देशभरका ४७ जनाले ४ जीपीए ल्याउँदा, त्यसमा ग्लोबल कलेज अफ साइन्सका ६ जना विद्यार्थी थिए। यसले यो कलेजको शैक्षिक गुणस्तरलाई थप प्रमाणित गर्दछ।

ग्लोबल स्कुल अफ साइन्समा ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक, र २० जना कर्मचारी कार्यरत छन्। यी सबै विद्यार्थीको समस्या हल गर्न सधैं तयार हुन्छन्।

ग्लोबल स्कुल अफ साइन्सको मुख्य विशेषता भनेको विद्यार्थीको सम्पूर्ण शैक्षिक जिम्मेवारी कलेजले नै लिन्छ। यहाँ कुनै पनि बाहानामा अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाइँदैन।

कलेजको भवन बाहिर मात्र होइन, भित्र पनि अत्यन्त सुविधा सम्पन्न छ। यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप गर्न सक्छन्। शनिबार पनि पुस्तकालयमा गएर अध्ययन गर्न सकिन्छ।

स्मार्ट बोर्डहरूको प्रयोगले विद्यार्थीहरूलाई विज्ञानका सैद्धान्तिक विषयहरू प्राक्टिकल रूपमा हेर्न र बुझ्न सजिलो बनाउँछ। विद्यार्थीहरूको लेखन, वाककला, सिप र भाषागत ज्ञान समेत वृद्धि गराउँछ। साथै, विद्यार्थीहरूको प्रिजेन्टेसनसँगै विभिन्न हाइड्रोपावर, रासायनिक क्षेत्र, र राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गराउने व्यवस्था गरिएको छ। यसले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विकास, प्रविधिको प्रयोग, र वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कारहरूको जानकारी लिने अवसर प्रदान गर्दछ।

ग्लोबल स्कुल अफ साइन्सका दर्जनौं विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। यहाँ कक्षा ११ र १२ मा ६५०-६५० विद्यार्थी क्षमता छ। एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीहरूका लागि यो कलेज एक उत्कृष्ट गन्तव्य बनिरहेको छ।

कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्। एसईईमा प्राप्त जीपीएका आधारमा शुल्कमा छुटको सुविधा पनि प्रदान गरिन्छ। यसले जेहेन्दार विद्यार्थीहरूलाई आकर्षित गरेको छ।

ग्लोबल स्कुल अफ साइन्समा इन्ट्रान्स/टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुन्छ। उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले २ वर्षको पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्। ६० अंकको डेढ घन्टाको यो परीक्षामा विद्यार्थीले क्याल्कुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रूपमा उपस्थित भएर परीक्षा दिनुपर्छ।

ग्लोबल कलेज अफ साइन्सले शिक्षामा उत्कृष्टता कायम गर्दै आएको छ। यहाँको वातावरण, सुविधा, र शिक्षण पद्धति विद्यार्थीको सम्पूर्ण विकासका लागि उपयुक्त रहेको छ। यो कलेज भविष्यमा अझै धेरै सफल विद्यार्थी उत्पादन गर्न कटिबद्ध छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी