वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उद्योग संगठन मोरङले सुरु गर्यो निजीक्षेत्रको पहिलो गुणस्तर नाप्ने प्रणाली

अर्थलगानी
२०८१ असार २०, बिहीबार

विराटनगर । उद्योग संगठन मोरङले ‘क्यूसेफ’ गुणस्तर प्रणाली सुभारम्भ गरेको छ। उद्योग संगठन मोरङको ५१औं वार्षिक साधारण सभाको अवसरमा यो प्रणाली सुरुवात गरेको हो।

उद्योग संगठनका अनुसार यो प्रणाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणिकरण मापदण्डहरुलाई आधार बनाई स्थानीय उद्योग व्यवसाय सुहाउँदो रहेको छ। सभा उद्घाटन समारोहका अवसरमा कोशी प्रदेशका मूख्यमन्त्री हिकमत कार्कीले क्युसेफको लोगो अनावरण गर्दै सुभारम्भ गरेका हुन् ।

संगठनले क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणको रुपमा स्थापित गर्न तथा प्राविधिकरुपमा यसलाई कार्यान्वयनमा ल्याउन राष्ट्रिय प्रमाणिकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ । सोही असवरमा संगठनका अध्यक्ष राकेश सुराना र नेसनल सर्टिफिकेसन एन्ड म्यानेजमेन्टका अध्यक्ष जर्नादन घिमिरेले उक्त प्रणाली कार्यान्वयनमा ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।

गुणस्तर मापदण्डका असल अभ्यासहरुलाई प्रवद्र्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्ने र सो अनुरुप पालनाका लागी क्षमता अभिवृद्धि गर्ने उद्देश्ले संगठनले क्युसेफ गुणस्तर मापदण्ड प्रणालीको शुरुवात गरेको अध्यक्ष राकेश सुरानाले बताए । उनले क्यूसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणिकरण प्रणालीको मानक भएको स्पष्ट पारे ।

संगठनको असल उत्पादनका अभ्यास प्रर्वधन समितिका संयोजक वीरेन्द्र राठीले यो प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षा सम्वन्धी स्थापित मान्यताहरुका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरुले अडिट गरेपश्चात प्रमाणिकरण गरि प्रमाण पत्र प्रदान गर्ने बताए ।

नेसनल सर्टिफिकेशन एण्ड म्यानेजमेन्टका अध्यक्ष जर्नादन घिमिरेले क्यूसेफ मापदण्ड आईएसओ ९००१, १४००१, ४५००१, २२००० र ह्यास्याप लगायतका ४ वटा छुट्टा छुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भएको बताउँदै क्यूसेफ प्रमाणिकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त ४ वटा अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिई प्राप्त गर्न सक्ने जनाएका छन् ।

क्युसेफ मापदण्ड प्रमाणली साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानहरुले प्रयोग गर्न सक्ने र यस प्रणालीले उत्पादन प्रकृया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठामा अभिवृद्धि गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले निर्धारण गरेका मापदण्ड, अनुपालना लगायतका विषयमा जानकारी प्रदान गरी सोही अनुरुपको मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उद्योगहरुलाई विश्वव्यापी भ्यालुचेनमा प्रतिष्पर्धी वनाउन मद्दत पु¥याउने संगठनले जनाएको छ ।

साथै, नेपाल सरकारले निर्धारणगरेका अनुपालनाहरु, उद्योग व्यवसायको प्रकृति अनुसारका कानुनी प्रावधानहरु वारे सुसूचित गरी जरिवाना, जोखिमहरुबाट वचाउनुका साथै राज्यले निर्धारण गरेका कानुनहरुको परिपालन गरी बजारमा प्रतिष्पर्धी, उपभोक्ताको विश्वास जित्नसक्ने, समाजिक प्रतिष्ठा अभिवृद्धिका साथै ब्यवसाय संचालनमा सहजता ल्याउने जनाइएको छ ।

सशुल्क व्यवसायिक विकासको सेवाका रुपमा संगठनले प्रारम्भ गरेको व्यवस्थापन मापदण्ड प्रणाली नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन लागिएको पहिलो मापदण्ड हो । संगठन सचिवालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने संगठनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी