वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११ महिनामा झण्डै १ लाख बीमा पोलिसी त्याग, कर्जा लिउँदै पोलिसी त्याग्दै

अर्थलगानी
२०८१ असार २१, शुक्रबार

काठमाडौँ। नेपालका जीवन बीमा कम्पनीहरूमा पछिल्लो ११ महिनामा झण्डै १ लाख बीमा पोलिसी त्याग भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार, चालु आर्थिक वर्षको ११ महिनासम्म १४ जीवन बीमा कम्पनीहरूबाट ९८,१२७ वटा बीमा पोलिसी सरेण्डर भएका छन्। जेठ महिनासम्म करिब १ लाख बीमितबाट ११ अर्ब ९१ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएको छ।

बीमा पोलिसी सरेण्डरको दर बढ्न थालेपछि बीमा क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिन्छ। बीमा प्राधिकरणले विभिन्न नीतिगत सुधार ल्याए पनि प्रभावकारी हुन सकेको छैन।

जीवन बीमा कम्पनीहरूले पोलिसी सरेण्डरको संख्या घटाउन प्रयास गरेका छन्। नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिएर पुनर्जागरण योजना ल्याए पनि यसको प्रभाव सीमित छ।

पेशागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीका अनुसार, आर्थिक शिथिलता र आर्थिक मन्दीका कारण बीमा पोलिसी सरेण्डरको दर बढेको हो। बन्द भएका औद्योगिक व्यवसायहरूले पनि यसको प्रभाव पार्न सक्ने छन्।

क्लोजिङको समयमा कर्जाको ब्याज भुक्तानी गर्नुपर्ने हुँदा बीमालेख सरेण्डर गर्ने संख्या बढेको छ। बीमालेख धितो राखेर कर्जा लिने बीमितहरूले कर्जा तिर्न नसक्दा पोलिसी सरेण्डर गर्ने प्रवृत्ति बढेको अधिकारीको भनाई छ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई पोलिसी बिक्री गर्दा अनुमानित प्रतिफलदर सहितको तालिका बीमितलाई अनिवार्य हस्तान्तरण गर्न निर्देशन दिएको छ।

कुन कम्पनीबाट कतिले गरे पोलिसी त्यागरु

चालु आर्थिक वर्षको ११ महिनासम्ममा सर्वाधिक नेपाल लाइफ इन्स्योरेन्सबाट २६,५३९ बीमितले कुल ४ अर्ब १६ करोड २१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका छन्। यसर्थ, कुल बीमा पोलिसी सरेण्डर रकमको नेपाल लाइफबाट मात्रै ३४।९३ प्रतिशत रहेको छ।

दोस्रोमा एलआइसी नेपालबाट २०,७५९ वटा बीमा पोलिसी सरेण्डर भएको छ, जसमा २ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ। अन्य बीमा कम्पनीहरूको विवरण निम्नानुसार छः

राष्ट्रिय जीवन बीमा कम्पनी:११,८९१ बीमित, १ अर्ब १ करोड ५१ लाख रुपैयाँ
नेशनल लाइफः ६,३०७ बीमित, ८७ करोड १५ लाख रुपैयाँ
एशियन लाइफः ८,७१९ बीमित, ७३ करोड ४३ लाख रुपैयाँ
सुर्यज्योति लाइफः ४,८१७ बीमित, ६५ करोड ७ लाख रुपैयाँ
हिमालयन लाइफः ७,०७५ बीमित, ६३ करोड १७ लाख रुपैयाँ
मेट लाइफः ३,७१७ बीमित, ३७ करोड ८५ लाख रुपैयाँ
सानिमा रिलायन्स लाइफः १,६४० बीमित, १८ करोड १३ लाख रुपैयाँ
प्रभु महालक्ष्मी लाइफः १,१०२ बीमित, १७ करोड ६३ लाख रुपैयाँ
सिटिजन लाइफः २,२५८ बीमित, १३ करोड ३९ लाख रुपैयाँ
आइएमई लाइफः१,३२९ बीमित, ११ करोड ८८ लाख रुपैयाँ
रिलायबल नेपाल लाइफः १,३८३ बीमित, ८ करोड ४८ लाख रुपैयाँ
सन नेपाल लाइफः ५९१ बीमित, ५ करोड ६७ लाख रुपैयाँ

बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी सरेण्डर गर्न पाइने व्यवस्था छ। सोही सुविद्याको फाईदा उठाउँदै पछिल्लो समय पालिसी सलेन्डर गर्नेको संख्या तिव्र दरमा बढ्दो रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी