काठमाडौँ। आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त शेयर बिक्रि गर्न विशेष साधारणसभा आह्वाना गरेको हो।
कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो। सभा साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरुहुनेछ। उक्त सभामा कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी नेपालको सम्पूर्ण सेयर बिक्री गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको खारेजी गर्ने र सो कार्य गनका लागि लिक्युडेटर नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।
प्रतिक्रिया