वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएलजी इन्स्योरेन्सको बाँकेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

अर्थलगानी
२०८१ असार २४, सोमबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँके जिल्लाको खजुरा गाउँपालिकामा शनिबार कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न पालिकाहरूमा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका कार्यसमिति सदस्य कृष्ण कुमारी पौडेलले कृषि तथा पशुपंक्षी बीमा कृषकका लागि अति आवश्यक रहेको बताउँदै सबैलाई बीमा गर्न अनुरोध गरिन्। विशिष्ट अतिथि जनता दुग्ध उत्पादक सहकारी संस्था खजुराका व्यवस्थापक गौरब सापकोटा र अन्य अतिथिहरूले पनि बीमाको महत्वबारे चर्चा गरे।

कार्यक्रमको सभाध्यक्ष एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंज शाखाका प्रमुख विवेक भण्डारीले उपस्थित विभिन्न तह र तप्काका व्यक्तित्वहरूलाई धन्यवाद दिँदै छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिए। उनले बाँके जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यासहरू गरिँदै आएको र यसलाई थप निरंतरता दिने बताए।

कार्यक्रममा खजुरा गाउँपालिकाका विभिन्न टोल तथा वडाबाट ५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेम्ला बाँकेका अध्यक्ष कर्ण प्रिय रानाले गरेका थिए भने एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंज शाखाका कर्मचारीहरू रजिश भण्डारी र चित्र बिकको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी