वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनीक, अधिकतम ७० रुपैयाँसम्म

अर्थलगानी
२०८१ असार २६, बुधबार

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको प्रभु लाइफ इन्स्यारेन्सकोआर्थिक वर्ष २०७९–८० का लागि बीमितलाई दिने बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट असार २३ गते स्वीकृत भएसँगै नयाँ बोनसदर सार्वजनीक गरेको हो।

कम्पनीले २०८० असार मसान्तसम्म जारी भएको मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा प्रतिवर्ष प्रति हजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर दिने भएको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गतका ९ वर्षे बीमा अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमा (सम्मुन्नती वार्षिक) योजना अन्तर्गत ९ वर्षे बीमा अवधिका लागि २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षका लागि २४ रुपैयाँ र २० देखि २४ वर्षका लागि २४ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी