काठमाडौँ ।नेसनल लाइफ इन्सुरेन्सले १४.७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले २०७९–८० को नाफाबाट १४।७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असार २७ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र १०.७३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। बोनस वितरणपछि कम्पनीको चुक्त पुँजी ५ अर्ब २१ करोड २१ लाख ३२ हजार रुपैयाँ पुग्नेछ। लाभांश वितरण नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सम्भव हुनेछ। हाल कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ।
प्रतिक्रिया