वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

४० औँ उत्सव

नबिल बैंक : चार दशकको सफलताको उत्सव

३५ औँ बजेटपछि उदाएको नबिल '४० कट्यो’

अर्थलगानी
२०८१ असार २८, शुक्रबार

काठमाडौँ। निजी क्षेत्रको पहिलो बैंक, नबिल बैंकले आफ्नो ४० वर्ष पूरा गरेको छ। विं.सं.२०४१ असार २९ गते (सन् १९८४ जुलाई १२) मा स्थापना भएको नबिल बैंकले अंग्रेजी मिति अनुसार वार्षिक उत्सव मनाउँदै आएको छ। हाल बैंकले ४१ औं वर्षमा प्रवेश गरेको छ। बैंकको नेतृत्व सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रशाद ढंगानाले गरिरहेका छन्।

इतिहासमा नबिल: नेपाल अरब बैंक

आर्थिक वर्ष ०४१/४२ को वार्षिक बजेटमार्फत आर्थिक उदारीकरणको (फाइनान्सियल लिब्रलाइजेशन )नीति अपनाइएपछि नेपाल अरब बैंक लिमिटेड (हालको नबिल बैंक) को स्थापना भयो। बैंकको नाम नेपाल अरब राखिनुको कारण नेपाली र अरब देशहरु बीचको सहकार्यलाई दर्शाउनु थियो। बैंकले प्राविधिक र व्यवस्थापकिय सहयोग अरब बैंकबाट प्राप्त गरेको थियो। पछि २०५८ (सन् २००१) मा बैंकको नाम परिवर्तन गरी नबिल बैंक लिमिटेड राखियो ।

नबिल बैंकको स्थापना र विकास

तत्कालिन अवस्थामा अरब बैंकको ५० प्रतिशत हिस्सा नबिलमा रहेको थियो। बाँकी ३० प्रतिशत सरकार र २० प्रतिशत स्थानियको लगानीमा बैंकको स्थापना भएको थियो। तत्कालीन अर्थमन्त्री डा.प्रकाश चन्द्र लोहनीले ३५ औं बजेट प्रस्तुत गर्दै देशमा आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिइयो। आर्थिक वर्ष ०४१/४२ को बजेटमा निजी क्षेत्रको विकासका लागि वित्तीय साधनको परिचालनमा जोड दिने नीति ल्याइयो। यस नीतिले संयुक्त लगानीमा बैंक स्थापना गर्ने मार्ग प्रशस्त गर्‍यो जसबाट नबिल बैंकको स्थापना भयो।

पछिल्लो समय नबिलमा अधिकांश शेयर हिस्सा चौधरी ग्रुपको छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले २००० को दशकको अत्यतिरबाट नबिलको शेयर आफ्नो पक्षमा पार्न सुरु गरेका थिए। २०१३ मा आएपछि उनले नबिलको ५० प्रतिशत शेयर लिए। अहिले नबिलको शेयरमा चौधरि ग्रुपको बलियो पकड छ। सामान्यतया बोलीचालिको भाषामा अहिले नबिल भन्दासाथ चौधरीको भन्ने भाष्य नै स्थापित भएको छ।

तत्कालीन अर्थमन्त्री लोहनीले ३५ औं बजेट प्रस्तुत गर्दै विकासलाई आन्तरिक प्रयासको प्रतिफलका रुपमा लिएका थिए । ‘यो आय व्यय विवरण तयार गर्दा राष्ट्रनायक श्री ५ महाजाराधिराज सरकारबाट यहि नव वर्षको शाही  सन्देशमा ‘विकास भन्ने कुरा खासगरी आन्तरिक प्रयासकै प्रतिफल हो। राष्ट्र उत्थानको पहिलो अवस्था नै यस प्रकृयामा सम्पुर्ण जन सहभागिता हुनु हो ।’

सोही कुरालाई सार्थकता दिँदै आर्थिक वर्ष ०४१÷४२ को १.९ बुदामा लेखिएको छ, ‘चालु वर्ष निजी क्षेत्रको विकासको लागि वित्तीय साधनको परिचालनमा जोड दिने र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी देशको आर्थिक विकासमा बढी व्यक्तिहरुलाई सहभागी बनाउने उद्देश्यले वित्तीय तथा बैंकिङ्ग विकास कार्यक्रमहरु अवलम्बन गरियो।’

उक्त कुरालाई अझ स्पष्ट पार्दै अर्थमन्त्री डा. लोहनीले भनेका थिए , ‘नेपाली र विदेशीहकरुको संयुक्त स्वामित्वमा नयाँ बैंकहरु खोल्ने नीति अपनाईएको छ।’ ठुलो धनराशिको उपयोग केही व्यक्तिमा मात्रै सिमित भएको र साना उद्योगीले ऋण माग्न महिनौँ धाउनुपर्ने अवस्था अन्त्य गरि आर्थिक विकास गर्ने उद्देश्य राखिएको थियो।

यसरी संयुक्त लगानीमा बैंक स्थापना गर्ने नीति बनेपछि पहिलोपटक नीजि क्षेत्रबाट हालको नबिल बैंकको स्थापना भएको थियो।

स्थापनादेखि नै प्रविधिमा उन्मुख

नबिल बैंकले आफ्नो स्थापना कालदेखि नै नेपालमा बैंकिङ्ग सेवामा प्रविधिमैत्री सुधार गरेको छ । बैंकले पहिलो पटक सन् १९९४ मा एटीएम सेवा सुरु गरेको थियो। त्यसपछि सन् २०१२ मा मोबाइल बैंकिङ्ग र सन् २०१४ मा क्रेडिट कार्ड सेवा सुरु गर्‍यो। सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड र सन् २०२२ मा एन बैंक सुरुवात गरि नेपालमा पहिलो पटक नियो बैंकिङ्ग सेवा प्रदान गरेको छ।

सुरुमा विदेशी मुद्रा, विनिमय, रेमिट्यान्स र अन्तर्राष्ट्रिय व्यापार वित्तीय सेवाहरूमा विशेष ध्यान दिएको नबिलले केही वर्षपछि आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै विभिन्न शाखाहरू खोलेको थियो। बैंकले एटीएम सेवा, अनलाइन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड लगायतका आधुनिक सेवाहरू पनि प्रदान गरेको छ। जसकारण बैंकले आफ्नो उत्कृष्ट सेवा र योगदानका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरेको छ। बैंकले आफ्नो गुणस्तर, सेवा, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वका कारण प्रतिष्ठित पुरस्कारहरू जित्दै आएको छ।

आजको मितिमा, नबिल बैंक नेपालमा सबैभन्दा प्रतिष्ठित र विश्वासिला बैंकहरूमध्ये एक हो। बैंकले देशभरि विभिन्न शाखा, एटीएम र सेवा केन्द्रहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नबिल बैंकले आफ्नो प्रगति र विस्तारको यात्रालाई निरन्तरता दिँदै भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

उत्कृष्ट सेवा र विस्तार

नबिल बैंकले आफ्नो उत्कृष्ट सेवा र नवप्रवर्तनका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेको छ। बैंकले २७० शाखा, दुई दर्जन एक्सटेन्सन काउन्टर, ३ सय बढी एटीएम मेसिनमार्फत २५ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

लगानीकर्ताको सन्तुष्टि

नबिल बैंकले लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्दै आएको छ । बैंकले औसतमा नगद लाभांश ३० प्रतिशत भन्दा माथि र बोनस २० प्रतिशत भन्दा माथि गरी कुल ५० प्रतिशत लाभांश दिँदै आएको छ। चालु आर्थिक वर्षमा करिब ३ अर्ब नगद लाभांश वितरण गरेको थियो। हाल यसको बजार मूल्य ५ सय रुपैयाँको हाराहारिमा छ। पहिलोपटक सन् १९८७÷८८ मा १० प्रतिशत लाभांश दिएको बैंकले सबैभन्दा बढी लाभांश १३५ प्रतिशतसम्म दिएको थियो।

नबिल बैंकले आफ्ना ग्राहक र लगानीकर्तालाई सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ र भविष्यमा पनि आफ्नो प्रगति र विस्तारलाई निरन्तरता दिनेछ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी