वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

अर्थलगानी
२०८१ श्रावण १, मंगलवार

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनीक गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१÷८२ को शुरुवात संगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रती बर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको हो।

यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ । ७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए।

यस आकर्षक योजनामा सहभागी हुनको लागी नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्नेछन्। यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ । बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिदै आएको छ बैंकले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी