वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा उत्साहस् नेप्से सूचक २४०० विन्दु पार, लगानीकर्ताको मनोविज्ञान सकारात्मक

अर्थलगानी
२०८१ श्रावण ३, बिहीबार

काठमाडौँ । सेयर बजारमा बिहीबार पनि उत्साहको वातावरण देखिएको छ। नेप्से सूचकले बजार खुलेको आधा घन्टामा नै २४०० अंकको विन्दु पार गरेसँगै उत्साहको वातावरण देखिएको हो । नेप्से सूचकको वृद्धि सँगै कारोबार रकममा पनि निरन्तर वुद्धि देखिएको छ, जसले सेयर बजारमा लगानीकर्ताको आत्मविश्वासलाई थप बलियो बनाएको छ।

बैंक ब्याजदर घट्नु, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहनु अनि नयाँ सरकार गठनसँगै आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्नु नै अहिलेको बजार वृद्धिको प्रमुख कारण भएको लागानिकर्ताको भनाई छ।
ब्रोकरहरुले केन्द्रीय बैंकको मौद्रिक नीतिले सेयर बजारलाई सहज बनाउन सक्ने विश्वास लगानीकर्तामा रहेको बताएका छन्। यसले गर्दा लगानीकर्ता थप उत्साहित भएका छन् र बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश पनि बढेको छ।

बजार बढ्दै जाँदा, नयाँ लगानीकर्ताको प्रवेशले क्रेता संख्या बढेको छ। क्रेताहरु बढेसँगै माग पनि बढ्ने र सेयरको मूल्य माथि जानु स्भाविक हो । सक्ने सम्भावि हो । यस्तै, कम्पनीहरुको चौथो त्रैमासको रिपोर्ट आउन थालेको छ। नाफा बढेको रिपोर्ट आउन सक्यो भने बजार वृद्धिमा थप टेवा पुग्न सक्नेछ।

बिहीबार१२ः२२ बजे सम्म नेप्से सूचक २४२२अंकमा पुगेको छ।

बैंक ब्याजदर घट्दा लगानीकर्ताहरुले ऋण पाउन सजिलो भएको छ र त्यसले सेयर बजारमा लगानी गर्न उत्साहित बनाएको छ। वित्तीय प्रणालीमा पर्याप्त तरलता रहँदा लगानीकर्ताहरुले सेयर खरीद गर्न सक्ने क्षमता बढेको छ। नयाँ सरकार गठनपछि राजनीतिक स्थिरता बढेको छ र यसले लगानीकर्ताहरुमा सकारात्मक प्रभाव पारेको छ।

ब्रोकरहरुका अनुसार बजारमा नयाँ लगानीकर्ताको प्रवेशले सेयरको माग बढाएको छ। जति धेरै क्रेता थपिन्छन्, त्यति नै मूल्य वृद्धि हुने सम्भावना हुन्छ। चौथो त्रैमासको रिपोर्टले नाफा देखाउँछ भने बजारको वृद्धिमा थप योगदान हुने देखिन्छ।

सामान्यतया, सेयर बजारमा यस्ता सकारात्मक संकेतहरु देखिनु भनेको अर्थतन्त्रमा पनि सुधारको संकेत हो। नेप्से सूचकको यो वृद्धि र लगानीकर्ताको सकारात्मक मनोविज्ञानले आगामी दिनहरुमा सेयर बजारमा अझै राम्रो प्रदर्शन हुने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी