काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्रि खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता सय अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको छ। हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको कारण असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले यसको हकप्रद किन्न पाउँछन्। हकप्रदमा भदौ १२ गतेसम्म आवेदन दिन सकिन्छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रतिक्रिया