काठमाडौँ । आज प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि भएको छ। नेप्से सूचक ५.२३ विन्दुले बढ्दै २४९१.१७ अंकमा पुगेको हो।
यस सेसनमा ४० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ६७ कम्पनीको १४ हजार ३ सय ६० कित्ता सेयर कारोबार गरिएको छ।
आज पनि प्रि ओपन सेसनको परिणामले नेप्से बजारमा सकारात्मक संकेत देखाएको छ। कुल ४३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्यमा गिरावट आएको छ। बाँकी कम्पनीहरूको भाउमा कुनै परिवर्तन भएको छैन, जसले बजार स्थिरता देखाउँछ।
यो सेसनमा कुल १४३ वटा कारोबार भएको छ।
प्रतिक्रिया