वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता

अर्थलगानी
२०८१ श्रावण ८, मंगलवार

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्स र प्रोफेसनल एजुकेटर्स लिमिटेडबीच संस्थागत विकासको वृहत्तर अवधारणा अनुरूप इक्विटी लगानी सम्झौता भएको छ। उक्त सम्झौतामा प्रोफेसनल एजुकेटर्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा र नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले इक्विटी लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

गुरुपूणर््िामाका दिन प्रोफेसनल एजुकेटर्सका अध्यक्ष डा.खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गोविन्दलाल सङ्घाई, वरिष्ठ सञ्चालक तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल तथा दुवै प्रतिष्ठित कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, वरिष्ठ अधिकृतहरू, चार्टर्ड एकाउन्टेन्टहरू तथा कानुनी सल्लाहकारहरू समेतको उपस्थितिमा रोयल सिङ्गी होटेलमा एक कार्यक्रमबकाबीच सम्झौता सम्पन्न भएको हो।

लगानीका क्षेत्रमा नेपालमा पहिलो पटक संस्थागतरूपमा यस किसिमको अभूतपूर्व सहकार्य हुँदै मुलुकको शैक्षिक इतिहासमा नयाँ आयामको थालनी भएको छ । शैक्षिक प्रवर्धनमुखी कदम र नयाँ प्रयोगका माध्यमबाट प्रोफेसनल एजुकेटर्स लिमिटेडले आफ्नो आगामी यात्राक्रममा शिक्षाक्षेत्रको दिगो संस्थागत संरचना खडा गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । यस हेतु कम्पनीले आपूmलाई संस्थागत सुशासन र पारदर्शितामा अब्बल साबित गर्दै गुणस्तर कायम गर्न सबल र सक्षम भई विद्यार्थीवर्गको भविष्य सुनिश्चित हुनेछ । यस किसिमको पहलबाट कम्पनीको गरिमा स्वतः अभिवृद्धि हुनजाने भएकाले नेपालको शिक्षा क्षेत्रमा यस लगानी सम्झौताको सन्दर्भलाई शैक्षिक विकासको कोसेढुङ्गो मान्न सकिन्छ ।

अत्याधुनिक भौतिक पूर्वाधार, प्रविधि मैत्री शैक्षिक वातावरण, दक्ष जनशक्ति, स्पष्ट एवम् पारदर्शी कार्यनीति र निरन्तर उत्कृष्ट नतिजा आदि विशेषताहरूलाई आत्मसात् गर्दै आएको प्रोफेसनल एजुकेटर्स लिमिटेडले निकट भविष्यमा नै सर्वसाधारणका लागि लगानीको अवसर प्रदान गर्ने गरीप्राथमिक सार्वजनिक निस्काशन (आईपीओ) जारी गर्न धितोपत्रको सूचीकरणसम्बन्धी प्रक्रिया समेत अगाडि बढाउने भएको छ । यस किसिमका अग्रगामी पहलकदमीबाट शैक्षिक क्षेत्रमा नव उन्नयन हँुदै काँचुली फेरिने अपेक्षाका साथ दुवै पक्षबाट सहकार्यका साथ अघि बढ्ने प्रण गरिएको छ । साथै,नेपालको निजी क्षेत्रबाट सेवा प्रदान गरिएको शैक्षिक क्षेत्रको संस्थागत विकासमा यस किसिमको सहकार्यबाट समृद्धिको नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ ।

नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको स्थापना र प्रवर्धन गर्ने उद्देश्यका साथ मध्य बानेश्वर, काठमाडौँमा २०६१ सालमा स्थापना भएको प्रोफेसनल एजुकेटर्स लिमिटेडकोे नाम प्राज्ञिक जगत्मा अग्रणी एवम् गरिमामय छ । यसले २० वर्षको गौरवशाली शैक्षिक इतिहास निर्माण गरेको छ। साथै, नेपालकै सर्वाधिक विश्वासिलो बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडहो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी