वि.सं. २०८२ असार ९, सोमबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से सूचक २५०० अंक पार गर्दै २५६३.४३ अंकमा पुग्यो

अर्थलगानी
२०८१ श्रावण ८, मंगलवार

नेप्से सूचकले मंगलबार ७५.३३ विन्दुले वृद्धि गर्दै २५६३.४३ अंकमा पुगेको छ। यो २८ महिना यताकै उच्च विन्दु हो।

आज बजारमा १४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ र सबै समूहका सूचक बढेका छन्, विशेषगरी बिमा समूहमा बढी उत्साह देखिएको छ।

पछिल्लो समय नेप्से सूचकमा वृद्धि आएको छ, आर्थिक परिसूचकमा सुधार हुँदै गएको छ र ब्याजदर घटिरहेको ,आगामी मौद्रिक नीति खुकुलो हुने अनुमान गरिएको  जसले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ।

वर्तमान अवस्थामा, ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ। कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ, जबकि अपि पावर र हिमालयन रिइन्सरेन्स दोस्रो र तेस्रो स्थानमा रहेका छन्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी