काठमाडौँ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ सात गते कम्पनीकै केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा सभा आह्वान गरेको हो।
सभा बिहान साढे १० बजेटबाट सुरु हुनेछ।
यस्ताछन् छलफलका विषयहरुः
–साधारण प्रस्तावः
अघिल्लो आर्थिक वर्ष (आ.व. २०७९–०८०) को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
–अघिल्लो आर्थिक वर्षको वासलात, आय–व्यय हिसाब, नाफा(नोक्सान हिसाब एवं लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
–लेखापरीक्षक समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने।
–हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ताँ पुजीँ ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ मा १० प्रतिशतका दरले ५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने
बोनस शेयरवापतको कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार नगद लाभांश स्वीकृत गर्ने ।
विशेष प्रस्तावः
–कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्तापुँजीको ४ प्रतिशतको दरले बोनस शेयरको रुपमा लाभांश २० करोड ४ लाख ६६ हजार ६५७ प्रदान गर्ने प्रस्ताव पारित गर्ने। बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने।
–कम्पनी ऐन २०६३ को दफा १०५(१) ग बमोजिम अघिल्लो आर्थिक वर्षमा भएको खर्चको अनुमोनद गर्ने
प्रतिक्रिया